परमाणु हतियार पहिले प्रयोग नगर्ने भन्ने नीतिमा पुनर्विचार हुन सक्छ : भारतीय रक्षा मन्त्री

 साउन ३१, २०७६ शुक्रबार १६:४१:७ | एजेन्सी
unn.prixa.net

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार भारत अहिले पनि परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने’ नीतिमा कायम रहेको तर भविष्यमा के गर्ने भन्ने बारेमा चाहिँ परिस्थितिमा निर्भर रहने बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय आर्मी स्काउट मास्टर्स कम्पिटिसनमा सहभागी हुन पोखरण पुगेका रक्षा मन्त्री राजनाथ सिंहले पत्रकारहरुसँग भारतीय परमाणु नीतिका बारेमा कुरा गरेका थिए ।  पछि उनले यसबारेमा ट्वीट पनि गरेका छन् ।

ट्वीटमा भारतीय रक्षा मन्त्री सिंहले लेखेका छन्, ‘पोखरण त्यस्तो ठाउँ हो जुन अटलजीको परमाणु शक्ति बन्ने दृढ संकल्पको साक्षी बनेको थियो । हामी अहिले पनि ‘पहिले प्रयोग नगर्ने’ सिद्धान्तमा अडिग छौँ । भारत यो सिद्धान्त कडाइका साथ पालना गर्नेछ । तर भविष्यमा के हुन्छ भन्ने कुरा चाहिँ परिस्थितिमा नै निर्भर रहन्छ ।’

जम्मू–कश्मीरबाट धारा ३७० हटाएपछि लगातार भारत–पाकिस्तानबीचको सम्बन्ध खस्कँदो छ । पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ ।

यसभन्दा पहिले जुलाईमा पाकिस्तानी प्रधानमन्त्रीले पनि आफूहरुले पहिले परमाणु हतियार प्रयोग नगर्ने तर भारतले प्रयोग गरेमा त्यसको जवाफ दिने बताएका थिए । अमेरिका भ्रमणका क्रममा उनले यस्तो बताएका थिए ।

उनले परमाणु युद्ध यस क्षेत्रको विवाद समाधानको विकल्प नभएको पनि बताएका थिए । तर बालाकोट एअर स्ट्राइकपछि भने भारत–पाकिस्तान सीमामा तनावपूर्ण वातावरण रहेको उनले स्वीकार गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया