मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम निगरानी संस्था (पीईएमआरए) ले भारतीय कलाकार देखिने विज्ञापनमा प्रतिबन्ध लगाएको छ । भारतले जम्मू-कश्मीरको विशेष दर्जा हटाएको विरोधमा पाकिस्तानले यस्तो कदम उठाएको हो ।
पीईएमआरएले एक पत्र जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । ‘डिटोल साबुन, सर्फ एक्सल पाउडर, प्यान्टिन श्याम्पू, हेड एण्ड सोल्डर, लाइफब्वाय, फग बडी स्प्रे, सनसिल्क श्याम्पू, नर नूडल्स, फेयर एण्ड लभ्ली फेसवासजस्ता उत्पादनको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ’, पेमराले जारी गरेको पत्रमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार पीईएमआरएको पत्रमा भनिएको छ– कैंयौ बहुराष्ट्रिय उत्पादन जुन भारतमा बन्दछन् या जुन विज्ञापनमा भारतीय कलाकार देखिन्छन्, जुन विज्ञापन विद्युतीय सञ्चारमाध्यममा प्रसारित भैरहेका छन्, सरकारले १४ अगष्ट (पाकिस्तानको स्वतन्त्रता दिवस) मा कश्मीरवासीमा एकजुट देखाइ भारतीय कलाकार देखिने विज्ञापन यी आधिकारिक नीतिको विपरीत छन् ।
‘यी उत्पादनका विज्ञापनमा दोस्रो विज्ञापनको प्रयोग गर्न सकिन्छ, जसमा भारतीय कलाकार हुँदैनन् । यदि यस्तो नभएमा आदेशको उल्लंघन गरेको मानिनेछ’, पत्रमा भनिएको छ ।
यसअघि पाकिस्तानले भारतीय चलचित्रको स्क्रिनिङमा रोक लगाउँदै पाकिस्तानको सिनेमाघरमा बलिउड चलचित्र नदेखाउने बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।