चीनमाथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले २९ अगस्ट अर्थात भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जनाएको छ ।
नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मदन खरेलले भदौ १२ देखि निगमको वाइडबडी जहाजले जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
‘हाम्रो सबै तयारी पूरा भएको छ, निगमको वाइडबडी जहाजले ओसाका उडान गर्नेछ’, अध्यक्ष खरेलले भन्नुभयो । ओसाका व्यापारिक हिसाबले उत्कृष्ट नभए पनि छिटो अनुमति पाउने भएकाले आवेदन दिएको र अनुमति पाएको पनि निगमले जनाएको छ ।
निगमले ओसाकामा हप्ताको ३ वटा उडान गर्नेछ । पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको र अगस्ट, सेप्टेम्बरमा यात्रु बढाउन संघर्ष नै गर्नुपर्ने निगमले स्वीकार गरेको छ । निगमका कमर्सियल डाइरेक्टर टंक दाहालले सेप्टेम्बरपछि भने यात्रु बढ्ने दाबी गर्नुभयो ।
निगमले आउँदो जनवरीदेखि टोक्योको नारिता विमानस्थलमा उडान गर्ने गरी तयारी भैरहेको पनि जानकारी दिएको छ । ओसाका उडान गर्दा यात्रु नपाउने र उडान घाटामा रहने आलोचना भैरहेको छ । त्यसैलाई मध्यनजर गर्दै निगमले नारिता उडानलाई प्राथमिकता दिएर आवेदन दिएको र अनुमति पाउनेमा निगम आशावादी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।