गोँगबुको होटलमा युवा युवती मृत फेला

 भदौ ५, २०७६ बिहिबार ७:१९:१७ | रासस
unn.prixa.net

काठमाण्डौ – टोखा नगरपालिका–९ गोँगबु मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा युवा युवती मृत अवस्थामा फेला परेका छन् । 

होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीया सविना तामाङ बजगाईं बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवैजना बुधबार दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिनुभयो । 

दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • dhama paudyal

    Aug. 22, 2019, 7:37 a.m.

    सर्बत्र कुन्ठा छ । असन्तोस छ । नैरास्य छ । यस्ता घटना त सामाजिक बिकृतिको कारण पनि घटेका छन । केटिको थर हेर्दा बिबाहित जस्ती देखिन्छन । तर सगै मर्ने केटा अर्कै थर को छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया