जलविद्युत उत्पादनमा निजी क्षेत्र आक्रामक : ५४ सय मेगावाटका २ सय ५७ वटा आयोजना बन्दै (सूचीसहित)

 भदौ ८, २०७६ आइतबार १३:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जलविद्युत उत्पादनमा नेपालको निजी क्षेत्र आक्रामक रुपमा लागेको छ । विद्युत उत्पादनमा नेपाल विद्युत प्राधिकरणलाई पछ्याइरहेको निजी क्षेत्रले ठूलो मात्रामा विद्युत क्षेत्रमा लगानी गरिरहेको छ । निजी क्षेत्रले अहिलेसम्म ८४ वटा आयोजना सम्पन्न गरेर ५ सय ८३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ  ।

अहिले १२ सय ५ मेगावाट बिजुली उत्पादन भैरहेको छ । त्यसमध्ये नेपाल विद्युत प्राधिकरणले ६ सय २२ मेगावाट क्षमताको बिजुली उत्पादन गरेको छ भने निजी क्षेत्रले ५ सय ८३ मेगावाट उत्पादन गरेको छ । 

गएको वर्ष मात्रै निजी क्षेत्रका ९ वटा आयोजना सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा ६० मेगावाट बिजुली थप भएको छ ।

२६ सय मेगावाटका आयोजना बन्दै, झण्डै २९ सय मेगावाटका कार्यान्वयनको चरणमा

गएको अहिलेसम्म ५ सय ८३ मेगावाट क्षमताका जलविद्युत आयोजना सम्पन्न गरेको निजी क्षेत्र थप आयोजनामा आक्रमक देखिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्रबाट २६ सय १३ मेगावाट क्षमताका १ सय २० जलविद्युत आयोजनाहरुको आर्थिक स्रोत सुनिश्चित भई निर्माण भैरहेको छ  । यस्तै २८ सय ६९ मेगावाट बराबरका १ सय ३७ जलविद्युत आयोजनाहरु कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

प्राधिकरणले गएको आर्थिक वर्षमा विभिन्न प्रवद्र्धकहरुसँग ८५ वटा आयोजनाको कुल १४ सय ८० मेगावाट बराबरको विद्युत खरीद सम्झौता गरेको छ । हालसम्म प्राधिकरणले ३ सय ४० स्वतन्त्र विद्युत उत्पादनकर्ताहरुसँग  ६ हजार ४४ मेगावाट बराबरको बिद्युत खरिद सम्झौता गरिसकेको छ ।
  
निजी क्षेत्रले उत्पादन गरेका, आर्थिक स्रोत सुनिश्चित भएका, कार्यान्वयनमा विभिन्न चरणमा रहेका र विद्युत खरिद सम्झौता पीपीए भएका जलविद्युत आयोजनाको विवरण :

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया