‘कश्मीरीहरुको समर्थनमा’ हजारौँ पाकिस्तानी सडकमा

 भदौ १४, २०७६ शनिबार ७:५५:१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अपिलमा भारत प्रशासित कश्मीरका नागरिकको समर्थनमा एकजुटता देखाउन भन्दै पाकिस्तानले शुक्रबार दिउँसो साढे १२ बजे ‘कश्मीर आवर’ मनाएको छ ।

पाकिस्तानका शिक्षण संस्थान, सरकारी तथा निजी कार्यालय, बैंक, व्यापारी, वकिल तथा सैन्य अधिकारीसमेतले यसमा सहभागिता जनाएका थिए । सबै ट्राफिक संकेतहरु त्यसबेला रातोमा राखिएको थियो ।

पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको प्रधानमन्त्री कार्यालय बाहिर आएर इमरान खानले सम्बोधन समेत गरेका थिए । प्रधानमन्त्री इमरान खानले सम्बोधनमा भने, ‘आज हरेक पाकिस्तानी, जहाँ भए पनि, स्कुलेदेखि कलेजका विद्यार्थीसम्म, पसलेदेखि व्यापारीसम्म, सरकारी कर्मचारी हामी सबै कश्मीरीहरुको साथमा छौँ ।’

उनले भने, ‘हाम्रा कश्मीरी नागरिक निकै मुस्किल समयमा रहेका छन् । झण्डै ८० लाख कश्मीरीहरु ४ हप्तादेखि कर्फ्युमा बन्द गरिएका छन् । आजको कार्यक्रमको उद्धेश्य हामी कश्मीरीहरुको दुःखमा सँगसँगै छौँ भन्ने देखाउनलाई नै हो ।’

कार्यक्रमको सुरुवातमा पाकिस्तान र कश्मीरको राष्ट्रिय गान बजाइएको थियो । पाकिस्तानका अन्य शहरमा पनि कार्यक्रम गरिएको थियो । अर्को एक कार्यक्रममा पाकिस्तानका राष्ट्रपतिसमेतले सम्बोधन गरेका थिए ।

भारतको केन्द्रीय सरकारले जम्मू–कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाएसँगै परमाणु शक्तिसम्पन्न दुई देशबीच टकराव बढ्दै गएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया