अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

 भदौ १५, २०७६ आइतबार ७:१३:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ । 

एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । 

चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया