फिलिपिन्समा विमान दुर्घटना : सबैजनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

 भदौ १६, २०७६ सोमबार ८:८:५७ | एजेन्सी
unn.prixa.net

फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटना भएको छ । 

आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको ज्यान गएको यहाँको प्रहरीले पुष्टि गरेको छ । 

फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको ज्यान गएको हो । 

विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ ।

आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन् ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया