सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्ग...
मंसिर १०, २०८१ सोमबार
बार्सिलोनाका पूर्व खेलाडी सामुयल इटोले खेलाडी जीवनबाट सन्यास लिनेका छन् । बार्सिलोनामा हुँदा रोनाल्डिन्होसँगको तालमेलले तहल्का मच्चाएका इटोले इन्टर मिलानबाट पनि खेलेका थिए ।
उनले आफ्नो रोलकोस्टर करियरबाट बिदा लिने भन्दै सोसियल मिडियाबाट जनाएका छन् । तीन पटकका च्याम्पियन्स लिग विजेता इटोले अन्तिम पटक कतारमा खेलेका थिए । ३८ वर्षे क्यामरुनका पूर्व खेलाडी इटोले शुक्रबार सन्यासको घोषणा गरेका हुन ।
रियल मड्रिडको युथ टिममा १९९७ मा खेलेका उनले कल्ब करियरमा ३५० भन्दा बढी गाेल गरेका छन् । बार्सिलोनामा आबद्ध भएपछि दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका उनले एउटा इन्टर मिलानबाट उचालेका थिए । उनले करियरमा कुल १५ वटा उपाधि जितेका थिए ।
राष्ट्रिय टिमबाट उनले एक सय १८ क्याप जित्दा ५६ गोल गरेका छन् । उनी क्यामरुनको सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।