पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
सोलुखुम्बु – सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् ।
केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ ।
कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।
जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले आग्रह गर्नुभयो ।
कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताउनुभएको छ । ध्यान दिँदा दिँदै पनि गल्ती हुन गएको र आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने उहाँले बताउनुभयो हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।