प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष यादवद्वारा सपथ ग्रहण

 भदौ २२, २०७६ आइतबार १८:४५:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारका प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त हुनुभएका प्राध्यापक सुरेन्द्रप्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

आइतबार बिहान मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहका बीच नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिको सिफारिशमा प्रध्यापक यादवलाई प्रदेश लोकसेवा आयोगमा नियुक्त गरिएको थियो ।

यस्तै प्रदेश २ को नीति आयोगको  उपाध्यक्ष पदमा प्रध्यापक डा. भोगेन्द्र झा नियुक्त हुनुभएको छ । त्यसै अवसरमा उहाँलाई समेत प्रमाणपत्र प्रदान गरिएको छ ।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, मुख्य न्यायाधीवक्ता दिपेन्द्रकुमार झालगायत प्रदेश सांसद, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया