साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण

 भदौ २८, २०७६ शनिबार १३:२३:४८ | एजेन्सी
unn.prixa.net

साउदी अरबको सबैभन्दा ठूलाे तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

आधिकारिक साउदी प्रेस एजेन्सीले भन्यो, ‘अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’

यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो । यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन । 

साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो । राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो । दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ । 

 

साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ । आतंकवादी संगठन अल कायदाको आत्मघाती विस्फोटले सन् २००६ को फेब्रुअरीमा यी तेल कम्पनीमा आक्रमण गर्ने कोसिस गरेको थियो तर त्यो सफल भएन ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया