जम्मू–कश्मीरः भारत पाकिस्तान नियन्त्रण रेखा क्षेत्रमा तनाव, कश्मीर माैन

 भदौ २९, २०७६ आइतबार १६:२०:३९ | एजेन्सी
unn.prixa.net

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) क्षेत्रमा गएको ५ अगष्टदेखि सुरु भएको तनाव अझै बढिरहेको छ । 

भारत सरकारले गएको ५ अगष्टमा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा अनुच्छेद ३७० को अधिकांश प्रावधानहरु हटाउने फैसला गरेको थियो । 

सेनाका अनुसार गएको पाँच हप्तादेखि झण्डै ३० पटक युद्धविरामको उल्लंघन भएको छ । गएको दुई तीन दिनदेखि राजौरी र पुन्छ जिल्लाको मजकूट, सुन्दरबनी र बालाकोट क्षेत्रमा गोलीबारी भएको छ । 

यही कारणले गर्दा यहाँका अधिकांश मानिसहरु पलायनको बारेमा सोच्न बाध्य छन् । गोलीबारीमा केही बालबालिकाहरु स्कुलमा फसेका थिए । सेनाका अधिकारीहरुले केही समूहलाई पठाएर उनीहरुलाई स्कुलबाट निकालिएको थियो । 

यद्यपि नियन्त्रण रेखाको कश्मीर क्षेत्रमा जम्मूको तुलनामा कम मात्रामा गोलीबारी भएको छ । जम्मूको पुन्छ र राजौरीको सीमावर्ती क्षेत्रमा केही ज्यादा तनाव छ । 

कश्मीर क्षेत्रको कुरा गर्दा गिरफ्तारीमा कमी आएको छ कि छैन भन्न अझै मुश्किल छ । यहाँ गिरफ्तारीको जुन शैली असामञ्जस्यपूर्ण । कुनै सडकमा एक या दुई ढुंगा प्रहारको घटना घटेपछि एउटा अभियान सुरु हुन्छ र केही युवाहरुलाई प्रहरी चौकीमा बोलाएर हिरासतमा लिइन्छ । 

प्रशासनले भने यसलाई गिरफ्तारी नभएर काउन्सिलिंङ भन्ने गरेको छ । कुनै व्यक्तिले प्रदर्शनमा भाग लिएको शंका लागेमा उसलाई बोलाएर चार दिन या १० दिन राखिन्छ । यस्तो कारबाहीबाट अनौठो स्थिति सिर्जना हुन्छ । उनीहरुका आमाबुवा धेरै आतंकित बन्छन् किनकि प्राय उनीहरुलाई छाेराछाेरीहरुसँग भेट्न दिइँदैन । 

कस्तो छ कश्मीर क्षेत्रको अवस्था ? 

शोपिया जिल्लामा शनिबार यस्तै एउटा घटना भयो । यहाँ ठूलो संख्यामा युवाहरुलाई उठाइएको छ तर प्रशासन भन्छ– उनीहरुका आमाबुवा, उनीहरुका छिमेकीसँग कुरा गरेर उनीहरुको काउन्सिलिंङ भैरहेको छ । 

पक्राउ परेका व्यक्तिहरुका आमाबुवाहरुले कार्यालयबाहिर धर्ना दिए र उनीहरुको रिहाइको माग गरे । 

कश्मीर क्षेत्रमा सन्नाटा छाएको छ । यदि सन्नाटालाई नै शान्ति मान्ने हो भने त्यो त यहाँ छ । तर आम जीवन जसरी सन्तुलन हुनुपर्ने थियो, त्यो यहाँ छैन । अझै पनि हडताल जारी छ र व्यापारिक गतिविधि पनि चलेको छैन । 

छात्रछात्राहरु अहिले विद्यालय पनि गैरहेका छैनन् । सोमबार फेरि विद्यालयमा विद्यार्थीहरुको संख्या बढाउन प्रयास सुरु गरिएको छ । तर यसअघि गरिएको प्रयास पनि सफल हुन सकेको थिएन । केवल शिक्षकहरु मात्र विद्यालय आएका थिए । 

बालबालिकाहरु अझै पनि विद्यालयबाट गायब छन् । इन्टरनेट र मोबाइल फोनमा लगातार प्रतिबन्ध रहि नै रहेको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया