वर्षाले नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न

 असोज १, २०७६ बुधबार १२:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । सेतु विक चोकलगायतका स्थानमा पानी जम्दा आवागमनमा कठिनाइ भएको छ । नगरका केही घरभित्र पानी पसेको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया