सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलको जितिया पर्व सम्पन्न

 असोज ५, २०७६ आइतबार १८:३९:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलावासीहरुले मनाउने जितिया पर्व आइतबार पारन गरी सम्पन्न भएको छ ।

शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको जितिया पर्व आइतबार  व्रतालुहरुले नदी, पोखरी, ईनार, ताल-तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चुरा, दही, फलफुल जित जितमाहन देउतालाई चढाएपछि सम्पन्न भएको हो । चढाइएका पूजा सामग्री आफ्ना सन्तानलाई प्रसादको रुपमा ग्रहण गर्न लगाउने चलन छ । 

पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर घिरौँलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ । शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरेर गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । 

यस पर्वमा व्रतालुहरु २४ देखि ३६ घण्टासम्म पानी पनि नखाने र थुकसमेत ननिल्ने हुनाले जितिया पर्व निकै कठोर मानिन्छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया