चीनमा कम्युनिष्ट सरकार स्थापनाको ७०औँ वर्षगाँठ : भव्य सैन्य शक्ति प्रदर्शन (तस्बिरमा)

 असोज १४, २०७६ मंगलबार १६:५८:४१ | एजेन्सी
unn.prixa.net

जनवादी गणतन्त्र चीनमा कम्युनिष्ट शासन स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा मंगलबार भव्यताका साथ उत्सव मनाइएको छ ।

चिनियाँ ‘राष्ट्रिय दिवस’का अवसरमा चिनियाँ सेनाले भव्य परेड प्रदर्शन गरेको छ । साथै यसै उपलक्ष्यमा चीनले आफ्नौ सैन्यशक्ति पनि प्रदर्शन गरेको छ ।

गएको ७० वर्षमा चीनले एक गरिब देशबाट विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बनेको छ । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभुत्व सावित गर्दै विश्वलाई चकित तुल्याउन सफल भएको छ ।

यसका साथै मानवअधिकार उल्लंघनका विषयलाई लिएर विश्व मञ्चमा चीनको निरन्तर आलोचना हुँदै आएको छ । लाखौँ नागरिक चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ७०औँ वर्षगाँठमा समेत सहभागी भएका छैनन् ।

कम्युनिष्ट शासन स्थापनाको ७०औँ वर्षगाँठ त्यही तियानमेन स्क्वायरमा मनाइँदैछ छ जहाँ सन् १९८९ मा कम्युनिष्ट शासनको विरोध गर्दा ठूलो संख्यामा लोकतन्त्र समर्थक प्रदर्शनकारी मारिएका थिए । तर चीनमा अहिले भने महोत्सव जस्तै वातावरण रहेको छ । 

सेनाको परेडसँगै आम चिनियाँ नागरिकको परेड पनि प्रदर्शन भएको छ ।

माओको विशाल तस्बिर बोकेको एउटा समूह तियानमेन चोकबाट गुज्रँदै नारा लगाएका थिए, ‘कम्युनिष्ट पार्टीबिनाको चीन सम्भव छैन ।’

विद्यालयमा निबन्ध प्रतियोगिता आयोजना भए, जसको शीर्षक थियो, ‘म आफ्नो देशसँग माया गर्छु ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया