उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
मंसिर ९, २०८१ आइतबार
पाँचथर - सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको ज्यान गएको छ भने ३ जनाको अवस्था गम्भीर छ ।
आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकाेले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।
सँगुरको मासु खाएर ३ जना सिकिस्त बिरामी भएका छन् । बिरामी हुनेहरुमा फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु, कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेकाे सिदिन गाविसका सुन्दर राई रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएकाे पाँचथर प्रहरीले जनाएको छ ।
दशैँको अवसरमा कारागार भित्रै सुँगुर ल्याएर काटेको र मासु खाएका उनीहरुलाई सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा केरुङको साेमबार दिउँसो ३ बजे मृत्यु भएको पाँचथर प्रहरीका सूचना अधिकारी अनिलकुमार पौडेलले बताउनुभयो । केरुङ जबरजस्ती करणी मुद्धामा ३ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका कैदीबन्दी हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।