आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको बताउनु भएको छ ।
उहाँले परिवर्तन र समाजवादको महानयात्रामा कहीँ कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले बिहीबार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई पार्टी भित्रबाटै खतरा हुनसक्ने बताउनुभयो ।
सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु आफूहरुकै जिम्मेवारी र दायित्व भएको भन्दै उहांँले भन्नुभयो, ‘हामी बिग्रियाैँ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत संघ जस्तै खतरा हुन्छ ।’
पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उहांँले थप्नुभयो, ‘कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।’ प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्रयाइँ, लापर्वाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएको हो कि भन्दै उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष प्रचण्डले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताउनुभयो । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उहाँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार गरियो भने मात्र शुभकामना सार्थक हुने उहाँले बताउनुभयो ।
चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताउनुभयो ।
गृहमन्त्री थापाले भन्नुभयो, ‘उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।’ सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै उहाँले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Oct. 17, 2019, 3:09 p.m.हतास मन स्थिती मा छन यि लुटेराहरु ।पैले जङ्गली हुँदा २०-३० जना ले बैंक लुट्थे ऐले केन्द्र देखी गाउसम्म हज्जारौ हज्जार लुटेरा जन्मआयो यो सत्ता ले । यो वा त्यो नाम मा जन्मएका ती लुटेरा समुदाय नै यी नेताको लागी समस्या साबित भए को कुरो प्रचन्डे आफैले स्विकारेछ ।