१८ जना जुवाडे पक्राउ

 कात्तिक ४, २०७६ सोमबार ९:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ ।

प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया