सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो
बैशाख ६, २०८२ शनिबार
ओखलढुंगा– चिसंखुगढी गाउँपालिकाले गाउँपालिकामा आर्थिक कारोबार गर्न बैंक र कार्य सम्पादनमा जिम्मेवारी तोकिएका कर्मचारी खटाउन प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।
इन्टरनेट नभएको बहानामा बैंकले शाखा सञ्चालन नगर्ने र तोकिएका कर्मचारी समेत गाउँपालिकामा सरकारले नपठाएपछि पत्रकार सम्मेलन नै गरेर समस्या समाधान गर्न सरकारसँग माग गरेको हो ।
गाउँपालिका अध्यक्ष निशान्त शर्माले सदरमुकाममा पत्रकार सम्मेलन गरेर हरेक बैंकिङ कारोबार अनलाइनबाट गर्नु पर्ने नियम लागू भए पनि गाउँपालिकामा टेलिफोन नचल्ने, बैंक नै सदरमुकाममा रहेकाले कारोबार संभव नरहेको बताउनुभयो ।
बैंकको शाखा र कर्मचारी व्यवस्थापन गर्न पटक–पटक माग गरे पनि संघीय सरकारले समस्या नसुनेको गुनासो गर्नुभयो । उहाँले कुमारी बैंकको शाखा स्थापना गर्न तयारी भए पनि इन्टरनेट नभएको बहानामा शाखा स्थापना नभएको बताउनुभयो । ‘बैंक इन्टरनेट चाहियो भन्छ, केन्द्रमा टेलिफोन समेत टिप्दैन, अहिले त अनलाइन कारोबार गर्नु पर्ने बाध्यकारी नियम छ’, शर्माले भन्नुभयो, ‘कर्मचारी नदिने, बैंक नजाने, टेलिकमले मोवाइल सेवा समेत विस्तार गरेन, काम कसरी गर्ने ?’
सरकारले स्थानीय तहका समस्या नसुने आर्थिक वर्ष ०७५/७६ का कुनै विकासका योजना कार्यान्वयन नगर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्राविधिक कर्मचारी एक जना पनि छैनन् । विकासका योजनाको मूल्यांकन गर्ने काम हुन नसक्ने अवस्था छ । सिंगो गाउँपालिका प्रशासकीय अधिकृत र लेखापालले मात्र चलाएका छन् । शिक्षा शाखामा एक जना पनि कर्मचारी छैनन् । शिक्षक व्यवस्थापन गर्न तयारी गरे पनि सरुवा गर्न शिक्षा विकास तथा समन्वय इकाईले रोकेको अध्यक्ष शर्माको भनाइ छ ।
‘कर्मचारी छैनन्, कारोबार गर्न बैंक छैन, इन्टरनेट चल्दैन, कतिपय अधिकार जिल्लाले रोकेर राखेको छ, हात खुट्टा बााधेर पौडी खेल्न पठाए जस्तो भो’, शर्माले भन्नुभयो । पत्रकार सम्मेलन संघीय सरकारप्रति आक्रोशित देखिएका शर्माले दरबन्दी अनुसार कर्मचारी र बैंक तत्काल स्थापना नगरे सबै विकासका काम ठप्प पार्ने पनि जानकरी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।