काठमाण्डौको दरबारमार्गमा आज र भोलि गाडी चलाउन नपाइने
असोज २, २०८१ बुधबार
काठमाण्डाै - निजी मेडिकल कलेज सञ्चालकले अतिरिक्त शुल्क फिर्ता नगर्ने ज्ञापनपत्र बुझाएपछि सरकारले ठगी मुद्दा चलाउन छलफल सुरु गरेकाे छ ।
ठगी मुद्दा चलाउने सम्बन्धमा गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, मुख्य सचिव लाेकदर्शन रेग्मी, त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्काेटा, काठमाण्डाै विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयाेगका पदाधिकारी तथा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसहित बैठक बसिरहेकाे हाे ।
विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएकाे अल्टिमेटम सकिने दिन मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल कलेज सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा मेडिकल कलेज सञ्चालकहरुले आफूहरुले ताेकिएकाेभन्दा बढी शुल्क ‘नलिएकाेले फिर्ता नगर्ने’ तर ‘समायाेजन गर्न भने तयार रहेकाे’ उल्लेख छ । अतिरिक्त शुल्क ‘नलिएकाे’ र ‘समायाेजन गर्न तयार’ रहेकाे भनाइ आफैैँमा बाझिएकाे थियाे ।
मंगलबार साँझ पाँच बजे ज्ञापनपत्र बुझाउने क्रममा सातवटै मेडिकल कलेज सञ्चालकहरुले अतिरिक्त शुल्क नलिएकाे र समायाेजन गर्न तयार रहेकाे आशय व्यक्त गरेपछि शिक्षामन्त्री गिरिराजमणि पाेखरेलले उनीहरुकाे धारणा र विज्ञप्ति झारा टार्ने खालकाे भएकाले सरकारलाई मान्य नहुने र अझै पनि यसैमा अडिग हुने हाे भने ठगी मुद्दा चलाउने चेतावनी दिनुभएकाे थियाे ।
यता, अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेपछि सरकरमाथि दबाब परेको छ । गएको कात्तिक २२ गतेदेखि कलेजमा तालाबन्दी गरेर विद्यार्थीहरु आन्दोलनमा छन् । कलेजले सरकारले तोकेको भन्दा ५६ करोड रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको भन्दै त्यो फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।