सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
असोज १४, २०८० आइतबार
काठमाण्डौ - गृह मन्त्रालयले अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकमाथि ठगी मुद्दामा कारबाही अगाडि बढाउने भएको छ ।
मंगलबार गृहमन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, काठमाण्डौ र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको बैठकले अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकमाथि ठगी मुद्दामा बुधबारदेखि कारबाही अघि बढाउने निर्णय गरेको हो ।
निजी मेडिकल कलेज सञ्चालकसँग निर्णायक वार्तामा बस्नुअघि शिक्षा र गृहमन्त्रीले ठगी मुद्दा चलाउने निर्णय गरेका हुन् । यसका लागि विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको ठगी उजुरीलाई अघि बढाउने सरकारको तयारी छ ।
गृहमन्त्रालयमा भएको छलफलमा कारबाही अघि बढाउने निर्णय गरेपछि मेडिकल कलेज सञ्चालक फेरि निर्णायक वार्ताका लागि सिंहदरबारमा छन् । मेडिकल कलेज सञ्चालकले सुरुमा शुल्क फिर्ता नगर्ने तर समायोजन गर्न सकिने ‘अन्योलपूर्ण’ प्रतिबद्धतापत्र शिक्षामन्त्रीसामु बुझाएका थिए ।
तर शिक्षामन्त्री पोखरेलले अतिरिक्त शुल्क फिर्ता नगरे बुधबारदेखि नै ठगी मुद्दामा कारबाही अघि बढाउने भनेपछि नीजि मेडिकल कलेज सञ्चालक शुल्क फिर्ता गर्ने सहमति बोकेर शिक्षा मन्त्रालय पुगेका हुन् ।
१२ वटा निजी मेडिकल कलेजले २ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । एउटा मेडिकल कलेजले ५ करोडदेखि ४३ करोड रुपैयाँसम्म विद्यार्थीबाट अतिरिक्त शुल्क उठाएर नाफा लिएका थिए ।
केन्द्रले प्रत्येक कलेजले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्कको विवरण नै दिएपनि निजी मेडिकल कलेज सञ्चालकले भने त्यो गैरकानुनी नभएकाले फिर्ता गर्न नसकिने बताउँदै आएका थिए ।
सतर्कता केन्द्रको प्रतिवेदन पाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम दिनु भएको थियो । अल्टिमेटम सकिएको दिनसम्म पनि शुल्क बुझाउन तयार नभएपछि शिक्षा र गृहमन्त्रीले मेडिकल कलेज सञ्चालकमाथि ठगी मुद्दामा कारबाही गर्ने निर्णय गरेका हुन ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।