कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिकाकाे उपाध्यक्षमा नेकपा विजयी भएको छ ।
नेकपाकी रुपा शाही नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वीभन्दा ६९ मत बढी ल्याएर विजयी हुनुभएकाे हाे । शाहीले १४ सय ५४ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा कुमारी शाहीले १३ सय ८५ मत प्राप्त गर्नुभएकाे थियाे ।
यसैगरी राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याउनुभएकाे थियाे भने खसेकामध्ये २० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसको गढ मानिएकाे खार्पुनाथमा कर्णाली प्रदेश विपक्षी दलका नेता जीवन बहादुर शाहीको गृह गाउँपालिका हो । २०७४ को स्थानीय निर्वाचनमा रुपा शाही ५९ मतले पराजित हुनुभएकाे थियाे । गएकाे असार ३ गते उपाध्यक्ष सिन्धु हमालको जीप दुर्घटनामा मृत्यु भएपछि त्याे ठाउँ रहेकाे थियाे।