अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण हात पारेको छ ।
नेपालका लागि पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन् । २३ देखि २९ बर्षको उमेर समूहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन् । जसमा उनले ८ दशमलव २५० अंक प्राप्त गरिन् ।
दोस्रो बनेकी श्रीलंकाली खेलाडीले ८ दशमलव १४० अंक हासिल गरिन् । तेस्रो स्थानमा भारत रह्यो ।
याेसँगै नेपालले तेक्वान्दाेमा स्वर्ण संख्या तीन पुर्याएकाे छ ।