आयशा शाक्यले दिलाइन् तेक्वान्दाेमा नेपाललाई चाैथाे स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १५:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साग खेलकुदअन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले चौथो स्वर्ण जितेकाे छ । नेपालका लागि पुम्सेमा आयशा शाक्यले स्वर्ण जित्न सफल भइन । उनले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन्।

सागमा उनको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ११ औं सागमा कुमुतेमा स्वर्ण जितेकोमा यसपटक पुम्सेमा अर्को स्वर्ण हात पारिन । यसका साथै उनले दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन् ।

यसअघि नेपालले आजै तेक्वान्दाेतर्फ तीन वटा स्वर्ण पदक जितिसकेकाे छ । तेक्वान्दाेमा कमल श्रेष्ठ, सीना लिम्बू र पार्वती गुरुङले स्वर्ण जिते ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया