बागलुङ जीप दुर्घटना अपडेट: ज्यान गुमाएका १४ जनाकै परिचय खुल्याे

 मंसिर १७, २०७६ मंगलबार १५:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की,  बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने  २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४ बस्ने मृतक सूचना कार्कीका ४  वर्षीय छाेरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।

नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तिनै जनालाई ढोरपाट स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताउनुभयो । ‘हामीले यताबाट पनि पहल गर्‍यौँ, गुल्मीबाट पनि ठूलो दुर्घटना भएकाले पहल भयो’, प्रजिअ क्षत्रीले भन्नुभयो, ‘गुल्मीका सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्ट स्वयम् आएर घाइतेलाई काठमाण्डौको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।’ 

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया