गाैरिकाले दिलाइन् पाैडीमा नेपाललाई ऐतिहासिक स्वर्ण

 मंसिर १९, २०७६ बिहिबार १७:११:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)मा गाैरिकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाट स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले व्यक्तिगत २०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन् ।

गाैरिकाले निर्धारित दूरी २ मिनेट ०५.०६  सेकेण्डमा पूरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दूरी पूरा गरिन् । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्। 

दक्षिण एसियाली खेलकुदमा पाैडीकाे व्यक्तिगततर्फ नेपालले पहिलाे स्वर्ण जितेकाे हाे । यसअघि नेपालले पाैडीमा टिम इभेन्टमा मात्रै स्वर्ण पदक जितेकाे थियाे । 

गाैरिकाले पाैडीमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा स्वर्ण पदककाे संख्या ३३ पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया