किरणले जिते म्याराथनमा स्वर्ण, नेपालकाे स्वर्ण पदक ४२ पुग्याे

 मंसिर २१, २०७६ शनिबार १०:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते ।

किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ भने नेपालले एथ्लेटिक्समा ३ स्वर्ण जितेको छ । यसअघि जारी सागमा सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले एथ्लेटिक्समा स्वर्ण जितिसकेका छन् ।

म्याराथनमा धावक बैकुण्ठ मानन्धरको नेपाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । सन् १९८७ मा भएको तेस्रो सागमा बैकुण्ठ मानन्धरले निर्धारित दूरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा पूरा गरेका थिए । बैकुण्ठ मानन्धरले तीन वटा सागमा म्याराथन दौडमा स्वर्ण पदक जितेका छन् ।

१९९५ को सागपछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । १९९५काे सागमा टीका बोगटीले स्वर्ण पदक जितेका थिए । २०१० मा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्णमा जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया