तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
कास्की – १३ औं दक्षिण एसियाली खेलकुद (साथ) अन्तर्गत नेपाली टिम महिला ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितमा उमा राईले ११ गोल गरिन् । यस्तै कला राईले ४ गोल गर्दा निशा राई र कविता राईले २ र २ गोल गरिन् । राम कुमारी चौधरी र रन्जना राई र बन्दना राईले ११ गोल गरे ।
शनिबार नै भएको अर्काे सेमिफाइनल खेलमा बंगलादेशलाई ४१–१३ गोलअन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरिसकेको छ ।