सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको ...
मंसिर १७, २०८१ सोमबार
कास्की - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएकाे छ ।
पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले गोल गरिन् ।
पहिलाे हाफमा एक गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूवातमा नै अर्काे गाेल खायाे । भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन् ।
नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने याेजना बनाए पनि त्याे सफल हुन पाएन । सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक-शून्यले नै पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।