सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने
भदौ २५, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेको छ ।
कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको शिक्षा नीतिको पूर्णपाठ सरकारले एक महिनापछि सार्वजनिक गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कात्तिक २१ गते पत्रकार सम्मेलन नै गरेर शिक्षा नीतिका २१ बुँदा सार्वजनिक गर्नुभएको थियो ।
मन्त्रिपरिषद्बाट पारित भइसकेको शिक्षा नीतिको भाषा सम्पादन गर्न बाँकी रहेको भन्दै उहाँले पूर्णपाठ सार्वजनिक गर्न मान्नु भएको थिएन । पूर्णपाठ सार्वजनिक नभएर चर्को आलोचना भएपछि मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक गर्नुभएको हो ।
नीतिको पूर्णपाठ सार्वजनिक भएपछि अब प्रदेश र पालिका सरकारलाई शिक्षा नीति बनाउन सहज हुनेछ । नीतिका केही बुँदा सार्वजनिक भए पनि कस्तो व्यवस्था छ भन्ने यकीन नहुँदा प्रदेश र पालिकाका जनप्रतिनिधि अलमलमा परेका थिए ।
हेर्नुहोस शिक्षा नीतिको पूर्णपाठ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।