अन्तर्राष्ट्रिय खेलाडीकाे परिभाषाबारे संसदीय समितिमा विवाद !

 पुस ४, २०७६ शुक्रबार १७:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा अड्किएको छ । 

अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागी हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिनुभएको छ ।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागी हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनुभयो । ‘छनोट गर्दा तिमी अन्तर्राष्ट्रिय खेलमा सहभागी भयौ । मेडल ल्यायौँ भने अन्तर्राष्ट्रिय खेलाडी भयौ. नल्याएको खण्डमा सहभागी मात्रै भयौँ भन्न मिलेन’, थापाले भन्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागी हुनु फरक कुरा भएकाले सहभागी हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो ।

प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भए पनि सहभागीलाई समेत मान्यता दिनुपर्ने धारणा उहाँको थियो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया