कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा ३ जनाको नाम सिफारिस

 पुस ४, २०७६ शुक्रबार १८:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा ३ जनाको नाम सिफारिस गरिएको छ । 

कर्णाली प्रतिष्ठानका एशोसियट प्रोफेसर डा.निरेश थापा सहित ३ जनाको नाम सिफारिस गरिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो । थापासहित प्रा.डा.भरत पोख्रेल र प्रा.डा बद्री बडुको नाम सिफारिस गरिएको उपकुलपति प्रा.डा. वाग्लेले जानकारी दिनुभयो ।  

प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएका एशोसियट प्रोफेसर डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यस अघि नै प्रतिष्ठानले उहाँलाई शिक्षाध्यक्ष पदमा नियुक्त गर्ने आन्तरिक गृहकार्य बढाएको थियो ।

निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महीनादेखि प्रतिष्ठान शिक्षाध्यक्ष विहिन् छ । प्रतिष्ठानको ऐन अनुसार शिक्षाध्यक्ष नियुक्तिका लागि उपकुलपतिले सिफारिस गर्ने र स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह–कुलपतिले स्विकृत गर्ने व्यवस्था छ । 

‘प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट तीन जना सिफारिसमा सहकुलपतिले चार वर्षीय कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ,’ त्यहीअनुसार नाम सिफारिस गरिएको हो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया