अपराध अनुसन्धानबारे प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन काठमाण्डाैमा जारी

 पुष ५, २०७६ शनिबार १५:२१:२८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर गरिएकाे छलफल काठमाण्डाैमा जारी छ ।

शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो ।

कार्यक्रममा देशको अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, सरकारी मुद्दाको प्रभावकारिताका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयास, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताको विषयमा छलफल हुनेछ ।

अपराध अनुुसन्धानमा मेडिको लिगल र विधि विज्ञानको भूमिका र सुधारका क्षेत्र, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, गोपनीयताको अधिकार र अपराध अनुसन्धान संकलनमा प्रविधिको प्रयोग र अभिलेखमा पहुँचबारे छलफल हुने नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
 
यस्तै, वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा गर्नुपर्ने सुधार, अपराध अनुसन्धानमा अन्तरदेशीय समन्वय, सरकारी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण संकलन एवं परीक्षणको अवस्थाबारे छलफल हुनेछ । आइतबारसम्म चल्ने सम्मेलनमा शनिबार ६ र आइतबार ६ समूह बनाएर छलफल तथा कार्यपत्र प्रस्तुत गरिनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया