औद्योगिक भाङ र गाँजाको भ्रम र यथार्थ
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – चैत अन्तिम हप्तामा भएको वर्षाले देशभरको डढेलो निभाएकोमा फेरि अहिले पानी पर्न रोकिएसँगै डढेलो फैलन थालेको छ ।
वन तथा भू संरक्षण विभागको तथ्याङ्कानुसार हिजो देशका ६८ ठाउँमा डढेलो लागेको छ । अहिले पनि देशका ३५ भन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेको छ । डढेलो फैलिरहेको बेला चैत अन्तिम हप्ताको वर्षाले झन्डै नौ सय ठाउँको डढेलो पूर्णरूपमा निभाएको थियो ।
जल तथा मौसम विज्ञान विभागले तापक्रम अझै बढ्ने चेतावनी दिइरहेकोले डढेलो अझै बढ्न सक्ने डढेलो विज्ञ सुन्दर शर्माले बताउनुभयो ।
नेपालमा सबैजसो डढेलो मानवीय क्रियाकलापले लाग्ने गरेको पाइन्छ । शर्माका अनुसार झन्डै ९८ प्रतिशत डढेलो मानवीय क्रियाकलापका कारण हुने गरेकोमा ६६ प्रतिशतभन्दा धेरै डढेलो मानिसले जानीजानी लगाएको आगो फैलिएर हुन्छ ।
डढेलो निभाउन सामर्थ्य र स्रोत साधनको अभावका कारण कि जङ्गल डढिसक्नुपर्ने वा अकाशबाट पानी पर्नुपर्ने बाध्यता रहेको छ ।
यसैबीच सुक्खा र डढेलो बढेसँगै वायु प्रदूषण पनि बढेको छ । आज काठमाण्डौ उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय २९ नाघेको छ ।
अहिले काठमाण्डौ विश्वका उच्च प्रदूषित शहरको चौथो नम्बरमा छ । यसअघि पानी पर्दा वायु प्रदूषण पनि हटेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।