औद्योगिक भाङ र गाँजाको भ्रम र यथार्थ
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – नेपालको हिमालय क्षेत्रसमेत समेटिने हिन्दुकुश हिमालय क्षेत्रमा लगातार तेस्रो वर्ष पनि कम हिउँ परेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले सार्वजनिक गरेको सन् २०२५ को प्रतिवेदन अनुसार लगातार तेस्रो वर्ष कम हिउँ परेको हो ।
प्रतिवेदनानुसार यो वर्ष हिन्दुकुश हिमालयमा पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको छ । यस्तै जमिरहने हिउँको अनुपात बितेको २० वर्षको औसतमा २३ दशमलव ६ प्रतिशतले घटेको छ ।
ईसीमोडले आफ्नो प्रतिवेदनमा हिउँको मात्रा घट्दा हिन्दुकुश हिमालयमा मुहान हुने १२ वटा ठूला नदी प्रणालीमा प्रत्यक्ष असर पुग्ने र त्यसबाट दुई अर्ब मानिसहरूको पानी सुरक्षामा गम्भीर सङ्कट आउने उल्लेख गरेको छ ।
हिन्दुकुश पर्वत शृङ्खला अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ । आर्कटिक र अन्टार्कटिका महादेशपछि सबैभन्दा ठूलो हिउँ र हिमनदीको भण्डार हिन्दूकुश हिमालय क्षेत्रमा रहेको छ ।
जलवायु परिवर्तनका कारण हिउँको मात्रा घट्ने र छिटो पग्लिने दर बढ्दै गएकाले झन्डै दुई अर्ब मानिस ऊर्जा, खानेपानी र खाद्य सुरक्षाको सङ्कटमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
हिमालय क्षेत्रमा हिउँ कमीको असर नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, भुटान र म्यानमारसम्म पर्नसक्ने प्रतिवेदनमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।