शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का

 वैशाख १२, २०८२ शुक्रबार १२:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् ।

हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ । आन्दोलन आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभाबाट ऐन पारित भएको भोलिपल्ट मात्रै विद्यालय खोल्ने बताउनुभएको छ ।

नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूमा चहलपहल हुन थाले पनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया नै शुरू हुन सकेको छैन । भर्ना गर्नुपर्ने समयमै सामुदायिक विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू निजीमा जाने क्रम बढेको छ ।

यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसले शिक्षकहरूका मागप्रति गम्भीर हुन र तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै ट्रेड युनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति निकालेर सरकारसँग यस्तो माग गर्नुभएको हो ।

लोकतान्त्रिक पेशागत सङ्घ–सङ्गठनहरूको राष्ट्रिय महासङ्घ ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले समेत शिक्षकका मागहरू सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन आदेश गरिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया