नेपाल आउन ज्यादै लालायित छु : बहराइनका पर्यटन मन्त्री जायनी

 पुष ९, २०७६ बुधबार १०:२९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटन मन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ ।  

आउँदो २०२० जनवरी १ मा नेपालमा आयोजना हुने 'मिनिस्ट्रियल क्यानलेभ' तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले पर्यटन मन्त्री जायनीलाई मंगलबार निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो । 

मानमाको मन्त्री कार्यालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले उहाँलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै मानमाको नेपाली राजदूतावासले सन् २०२० जनवरी १३ मा आयोजना गर्ने नेपाल भ्रमण वर्षको समुद्घाटन कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा सहभागिताका लागि आमन्त्रणा गर्नुभयो ।

भेटमा मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट चाहना रहेको जानकारी दिनुभएको राजदूतावासले जनाएको छ ।

उहाँले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा हुने कार्यक्रममा सहभागी हुने जानकारी समेत दिनुभयो । राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवर्द्धन गर्न दुई देशबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया