दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।
आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।
यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आइतबारका लागि सारिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमती नहुँदा सभामुखको टुंगो लाग्न सकेकाे छैन ।
अध्यक्ष ओलीले पूर्व एमाले र दाहालले पूर्व माओवादी तर्फबाट सभामुख चयन हुनुपर्ने अडान लिएर बस्दा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेकाे छैन ।
सभामुखका लागि वर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे, पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग र नेकपाका नेता अग्नी सापकोटाको नाम चर्चामा रहे पनि नेकपाभित्र नाममा सहमति हुन सकेकाे छैन ।
तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा गएकाे असोज १४ गते पक्राउ परेपछि सभामुख पद रिक्त छ । सत्तारुढ नेकपाले साढे तीन महिनामा पनि सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसक्दा संसद बैठक निरन्तर सूचना टाँस गरेर स्थगित गर्दै आउनु परेकाे छ ।
संसदकाे हिउँदे अधिवेशनकाे सुरुमै सभामुख चयन प्रकृया अघि बढाइने भने पनि सत्तारुढ दलभित्रै कुरा नमिल्दा अहिलेसम्म संसद बैठक अघि बढ्न सकेकाे छैन । सभामुख नहुँदा संसदको पहिलो बैठक उपसभामुखले अध्यक्षता गर्नुपरेको थियो ।
शनिबार अध्यक्षद्वय ओली र दाहालसँग भेट गर्दै उपसभामुख तुम्बाहाङ्फेले पार्टीले तत्काल सभामुखकाे नाममा सहमित जुटाएर संसदकाे गतिराेध अन्त्य गर्न सुझाव दिनुभएकाे थियाे ।
अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई राजीनामा दिन भनेकाे भए पनि आफू के कारणले सभामुखका लागि याेग्य नभएकाे हाे त्याे स्पष्ट भन्नु पर्ने भन्दै उहाँले सभामुखका लागि याेग्य भएकाे प्रमाण पेश गर्नु भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।