नुवाकाेटकाे तारुकामा २१ हल गाेरु जुधाइने

 पुस २८, २०७६ सोमबार ६:५९:४१ | रासस
unn.prixa.net

नुवाकोट – नुवाकाेटको तारुकामा माघे सङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ ।

माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले आयोजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।   

तारकेश्वर गाउँपालिका ३ काे चन्दनीमामा आउँदाे माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत पनि गरिने छ । 

विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै ठाउँमा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घले भञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत ठाउँमा पनि गोरु जुधाइ हुने गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया