अब 'युट्युब'मा सुदूरपश्चिम प्रदेशसभा बैठक सञ्चालनकाे गतिविधि हेर्न सकिने

 पुस २८, २०७६ सोमबार १०:५२:११ | रासस
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत हेर्न सकिने भएको छ ।

अहिलेसम्म भए/गरेका कार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘युट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेश सभा बैठक सञ्चालनका गतिविधि प्रत्यक्ष प्रसारण गरिने जानकारी दिनुभयो ।    

सुदूरपश्चिम प्रदेशसभाको युट्युबमार्फत वेभसाइट लग इन गरी हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्डमात्र हुने गरेको थियो ।

प्रदेशका ९ वटै जिल्लामा प्रदेश सभाको सम्बन्ध स्थापना गर्नमा टेवा पुर्‍याउन, संसदीय गतिविधि जनतासमक्ष पुर्‍याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ ।   

प्रदेशसभा बैठकद्वारा भए/गरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’ स्थापनाका साथै प्रदेश सभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेश सभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ ।     

आउँदा दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण, ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सीसीटीभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेश सभा सचिवालयको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया