माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पाँच दिनदेखि ठप्प

 पुष २८, २०७६ सोमबार १८:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा– रसुवामा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य गएको बिहीबारदेखि ठप्प भएको छ ।

आयोजनाले स्थानीयको मागकाे बेवास्ता गरेको भन्दै मैलुङ खोला जलविद्युत् सरोकार समितिले विरोध गरेपछि आयोजनाको काम ठप्प भएको हो । समितिले आयोजनालाई एक हप्ताको अल्टिमेटम दिँदै १३ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, घरजग्गा अधिग्रहण गरिएको परिवारलाई प्रतिव्यक्ति एक हजार कित्ता सेयर निःशुल्क दिनुपर्ने, खानेपानीको व्यवस्था गर्नुपर्ने, सडकको स्तरोन्नति गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रमको विवरण र बजेटको विवरण नागरिक समक्ष प्रस्तुत गर्नुपर्ने, आयोजना निर्माण गर्दा क्षति पुगेको स्थानीय नागरिकको घर जग्गा र अन्य संरचनाको पुनर्निर्माण गर्नुपर्ने समितिको माग छ । 

आयोजनाको प्रयोजनका लागी खनिएको सडकमा जग्गा परेका स्थानीयलाई तत्काल मुआब्जा वितरण गर्नुपर्ने संयोजक पूर्ण घलेले बताउनुभयो । रोजगारी, क्षमता र दक्षताको आधारमा उत्तरगया गाउँपालिका–१ का नागरिकलाई पहिलो प्राथमिकतामा राखेर दोस्रो गाउँपालिका र तेस्रो रसुवा जिल्लालाई प्राथमिकता राख्न माग गरेका छन् । 

जिल्लाको उत्तरगया गाउँपालिकामा निर्माण भइरहेको १४.३ मेगावट क्षमताको आयोजनाले सडक निर्माणको काम मात्रै गरेको छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया