कृषि विकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धकसहित आठ जनामाथि भ्रष्टाचारकाे मुद्दा दायर

 पुष २९, २०७६ मंगलबार २०:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि विकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज बिष्टसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

बैंकको ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ गैर–कानुनी ढंगले नोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । तत्कालीन शाखा प्रबन्धक ढुंगेल र अवकाशप्राप्त सहायक रथी बिष्टसहित बैंकका टेलर सहायक दिपिका रेग्मी, ऋण शाखा प्रमुखहरु गोपाल गिरी र महेश्वर मरहट्ठा, तत्कालीन ऋण शाखा अधिकृत सलिल रेग्मी, तारानाथ पाण्डे र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीले मिलेर गैर–कानुनी रुपमा रकम निकालेर नोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

उनीहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरीत चेक क्लियरिङको काम गरी पैसा बाँडेर कृषि विकास बैंकलाई चार करोड चौबीस लाख तेह्र हजार रुपैयाँ सरकारलाई नोक्सानी पुर्‍याएको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया