टुँडिखेलमा माघीकाे राैनक (फाेटाेफिचर)

 माघ १, २०७६ बुधबार १८:१९:२ | विकास तामाङ

काठमाण्डौ – आज माघ एक गते देशभर माघे संक्रान्ति तथा थारु र मगर समुदायकाे महान चाड माघी पर्व धूमधामसँग मनाइएकाे छ । 

आजैबाट थारु समुदायको नयाँ वर्ष २६४३ पनि सुरु भएको छ । माघीमा थारु समुदायका व्यक्तिहरु एकै ठाउँ भेला भएर आफन्त र साथीभाइसँग रमाइलो गर्ने गर्छन् । माघ महिनालाई थारू समुदायले शुभ महिनाका रुपमा लिने गर्छन्। यो महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने जनविश्वास थारु समुदायमा रहिआएकाे छ।

आज काठमाण्डौकाे टुँडिखेलमा थारु तथा मगर समुदायले थारु समुदायका विशेष परिकारकाे प्रदर्शनसहित भेषभूषा र झाँकी प्रदर्शन गरेका छन् । हेर्नुहाेस् तस्बीरमा :

 

अन्तिम अपडेट: चैत ११, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

1 Comments

  • विनोद कार्की

    Jan. 15, 2020, 8:35 p.m.

    सार्है राम्रो तस्विरहरु। फोटोग्राफरलाई धन्यवाद!

  •  0 Reply

तपाईको प्रतिक्रिया