दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई पहिलोपल्ट आफ्नो वार्षिक सम्झौताबाट बाहिर राखेको छ ।
बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर टिमका २७ खेलाडीको वर्गीकरणमा धोनीको नाम समावेश छैन ।
६ महिनाअघि एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टिमबाट विश्राम लिएका छन् । उनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैँले पनि निर्णय नलिएका बेला बीसीसीआईको यो वर्गीकरण सार्वजनिक भएको हो ।
अघिल्लो वर्षको वर्गीकरणमा धोनी ‘ए’ क्याटागोरीमा परेका थिए । पछिल्लो वर्गीकरणमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई चार क्याटेगोरीमा विभाजन गरिएको छ । कप्तान विराट कोहली, शीर्ष ब्याट्सम्यान रोहित शर्मा र तीव्रगतिका बलर जसप्रित बुमराह गरी तीन खेलाडी ‘ए’ प्लस क्याटागोरीमा छन् ।
उनीहरुले वार्षिक ७ करोड भारु पारिश्रमिक पाउनेछन् । ‘ए’ क्याटेगोरीमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या राहणे, केएल राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त गरी ११ खेलाडी समावेश छन् ।
उनीहरुले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउनेछन् । त्यस्तै ‘बी’ क्याटागोरीमा ऋद्धिमान शाह, उमेश यादव, युजवेन्द्र चहल, हार्दिक पान्ड्या र मायांक अग्रवाल गरी ५ खेलाडी समावेश छन् । उनीहरुले वार्षिक ३ करोड भारु पारिश्रमिक पाउनेछन् ।
चौथो वरियता अर्थात ‘सी’ क्याटेगोरीमा केदार जादव, नवदीप सैनी, दीपक चाहर, मनिष पान्डे, हनुमा बिहारी र शार्दुल ठाकुर, श्रेयस अय्यर र वाशिंटन सुन्दर गरी ८ खेलाडी छन् । उनीहरुले वार्षिक १ करोड भारु पारिश्रमिक पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।