तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा : ८० चलचित्र प्रदर्शन हुने

 माघ २, २०७६ बिहीबार १७:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि ५ गतेसम्म काठमाण्डाै हुने भएको छ। नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ । 

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाण्डाैको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने भएका छन् । 

विभिन्न ५५ देशका ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो । 

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । 

त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । 

त्यसैगरी नेपाली उत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रको मूल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ ।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मूल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया