नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर
फागुन १३, २०८१ मंगलबार
डोटी – गएको बुधवारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायत पहाडी तथा हिमाली जिल्लामा फेरि हिमपात भएको छ । बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
डोटीकोे खप्तडको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भइरहेको छ । चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका १ का हरि नेपालीले बताउनु भयो । ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठबाहिर निकाल्न समेत समस्या भएको छ’, उहाँले भन्नु भयो ।
चौथो पटक हिमपात हुँदा हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भएपछि स्थानीय किसान हिउँदेबाली सप्रिने आसामा खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।
हिमपातका कारण घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य स?्घका महासचिब दीपकबहादुर खड्काले जानकारी दिनु भयो ।
उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।