दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएका एक जना नेपालीलाई डिस्चार्ज गरिएको छ । चीनमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको शंका गरेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो ।
ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएका ती विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य भएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो ।
ती विद्यार्थीको रगत जाँचका लागि पठाइएकोले प्रतिवेदन आएपछि मात्र रोगबारे एकिन हुने पुनले बताउनुभयो । कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि नहुँदा परीक्षणका लागि विदेश पठाउनुपर्छ ।
पहिलो पटक देखिएको कोरोना निम्त्याउने भाइरसहरुको मूहमा पर्ने भएकोले सजगता अपनाउन भनेको छ ।
यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
छिमेकी देश चिनमा कोरोना भाइरसका कारण मानिसको ज्यान गएको र चिनियाँ पर्यटक नेपाल धेरै आउने भएकोले सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टरहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।