ट्रम्पविरुद्धको महाभियोगमाथि सदनमा सुनुवाइ सुरु, के सुनुवाइ निष्पक्ष होला ?

 माघ ८, २०७६ बुधबार ७:२:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमा संसद्को माथिल्लो सदनमा सुनुवाइ सुरु भएको छ । 

सदनमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले प्रमुख साक्षी या दस्तावेजलाई रोक्न चाहन्छन् भने डेमोक्रेट्सले भने यसो गर्दा ढाँकछोप गर्ने कुरा हुने बताएको छ । डेमोक्रेट्स महाभियोगमा सुनुवाइसम्बन्धी नियममा परिवर्तन चाहन्छ ।

राष्ट्रपति ट्रम्पमाथि युक्रेनको विषयमा आफ्नो शक्ति दुरुपयोग गरेको र काङ्ग्रेसले उनको आचरणको जाँच गर्नबाट रोकिएको आरोप छ । ट्रम्पले भने यी आरोपलाई निराधार बताउँदै आएका छन् । 

माथिल्लो सदनका सदस्यहरुले भने निष्पक्ष न्यायाधीशमार्फत सुनुवाइ गर्ने बताएका छन् । 

न्यायाधीशहरुले हप्तामा ६ दिन र दैनिक ६ घण्टा सुन्नेछन् । यो सुनुवाइ यूएस चिफ जस्टिससमक्ष हुनेछ ।   

अमेरिकी इतिहासमा राष्ट्रपतिले महाभियाेगकाे सामना गरेकाे याे तेस्राे पटक हाे । ट्रम्पविरुद्धकाे सुनुवाइ कहिलेसम्म चल्छ भनेर भन्न सकिँदैन । बीबीसका उत्तरी अमेरिकाका सम्वाददाता एन्थनी जर्चरका अनुसार रिपब्लिकनकाे बहुमत रहेकाे सदनमा ट्रम्पलाई दाेषी ठहराउने सम्भावना लगभग कम जस्तै छ । 

आफ्नो सुरुवाती बयानमा डेमोक्रेट नेता एडम शिफले भने, ‘धेरै अमेरिकीहरुलाई सुनुवाइ निष्पक्ष हुनेमा आशङ्का छ । उनीहरु सदन निष्पक्ष हुन्छ भन्ने मान्दैनन् । नतिजा पहिले नै तय भएको छ भन्ठान्छन् ।’

रिपब्लिकन पार्टीका नेता मिच म्याककोनलले यो सुनुवाइलाई जति सक्दो चाँडो सकाउनु पर्ने बताएको एडम शिफले भने । 

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसद सुनुवाइको अवधिलाई कम गर्ने कोसिस गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको कानुनी टिमले भने यसअघि नै यो सुनुवाइलाई संविधानसँग खेलवाड गर्न खतरनाक कोसिस गरिएको बताउँदै ट्रम्पलाई तत्काल छुट दिन माग गरेको थियो । 

रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेले सुनुवाइको अवधि तीन दिनबाट घटाएर दुई दिन गर्न प्रस्ताव राखेका थिए, जसलाई ट्रम्पको कानुनी टिमले समर्थन गरेको छ । तर वरिष्ठ सभा सदस्यसँगको एक बैठकमा म्याककोनेल तीन दिनका लागि तयार भए । 

डेमोक्रेट्स पार्टीले ट्रम्पविरुद्धको महाभियोगलाई लिएर अमेरिकी नागरिकहरुलाई धोका दिइरहेको बताएको छ । 

वाशिङ्टनमा जारी महाभियोगको सुनुवाइको केन्द्रमा राष्ट्रपति ट्रम्प भए पनि उनी अहिले डावोसमा वर्ल्ड इकोनोमिक फोरममा अमेरिकी समृद्धिको खुशी मनाइरहेका छन् । 

धेरैले ट्रम्प आफूलाई विश्वको एक गम्भीर नेताका रुपमा चिनाउन र महाभियोगलाई प्रभावित गर्न डावोस पुगेको बताएका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया