जमैका र क्युबा नजिक ७.७ म्याग्निच्युडकाे भूकम्पकाे झट्का, सुनामीकाे चेतावनी

 माघ १५, २०७६ बुधबार ६:१४:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ल्याटिन अमेरिकामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ भूकम्प गएको हो । 

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको थियो । 

त्यस्तै केमैन द्वीप समूहमा फेरि मङ्गलबार राति ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो । 

शक्तिशाली भूकम्पको झट्कापछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय इलाकामा खतरनाक सुनामी आउन सक्ने बताएका छन् । भूकम्पकाे क्षतिकाे बारेमा भने जानकारी प्राप्त भैसकेकाे छैन । 

पहिलो भूकम्पको झट्का मङ्गलबार स्थानीय समयअनुसार झण्डै ७ बजेर १० मिनेटको समयमा महसुस गरिएको थियो, जसको केन्द्र समुद्री तटीय शहर लुसियामा मापन गरिएको थियो ।

भूकम्पको झट्का कारण मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी र निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया